News
दोस्रो अर्मत्य कप हुँदै
चन्द्रागिरी । अर्मत्य एकेडेमी एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा असार २ गतेका दिन दोसे अर्मत्य कप फुटसल प्रतियोगिता हुने भएको छ ।
चन्द्रागिरी–९, माछेगाउँ स्थित मत्स्य नारायण रिक्रियशनल सेन्टरमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
साथै विजेता तथा उपविजेता टोलीलाई स्वीमिङ गिफ्ट भौचर पनि प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सिमित टोलीहरुलाई सहभागि गराईने पनि आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि