News
एएफसीको महिला कमिटीमा नेपालकी सरिला

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्य तथा एन्फा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु एसियाली फुटबल महासंघ (एएफसी) को गरिमामय महिला कमिटी सदस्यमा चयन भएकी छिन् ।
एएफसीको महिला कमिटी सदस्यमा चयन हुने सरिला दक्षिण एसियाबाट एक्लो महिला सदस्य समेत हुन् । त्यस्तै एएफसीको महिला कमिटी अध्यक्षमा लाओसकी कन्या कियोमेनी चयन भएकी छिन् भने उपाध्यक्षमा प्यालेस्टाइनकी सुसान शलाबी मोलानो रहेकी छिन् ।
स्मरण रहोस, एएफसीको कार्यसमिति सदस्यमा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ छन् भने केही दिन अघि मात्रै एन्फाका उपाध्यक्ष दावा लामा एएफसीको सामाजिक उत्तरदायित्व समितिको सदस्यमा नियुक्त भएका थिए ।
Post Comments
Related News
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न
- धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण