
काठमाडौं (एजेन्सी) । लगातार दुई जितका साथ दक्षिण एसियाली राष्ट्र भारत एएफसी यु–१७ महिला एसियन कप छनौटको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ ।
समूह एफमा रहेको भारतले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी भियतनामलाई २–१ ले हरायो । र समग्रमा समूह विजेता बन्दै शिर्ष स्थानमा रहेर दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । यसअघि भारतले पहिलो खेलमा आयोजक किर्गिस्तानलाई १–० ले हराएको थियो ।
भियतनामले पनि आफ्नो पहिलो खेलमा किर्गिस्तानमाथि समान १–० को जित निकालेको थियो । भारत र भियतनामका लागि दोस्रो खेल निर्णायक बन्दा त्यसमा भारतले बाजी मार्न सफल भयो ।
दुई खेलबाट ६ अंक जोड्दै भारत समूह एफको शिर्ष स्थानमा रहँदा ३ अंकका साथ भियतनाम दोस्रो स्थानमा रह्यो । त्यस्तै अंकविहीन किर्गिस्तान पुछारमा रहन बाध्य बन्यो । समूह एफबाट भारत दोस्रो चरणमा पुग्दा भियतनाम र किर्गिस्तान भने बाहिरिएका छन् ।
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि