
सक्रान्तिबजार । आठराई गाउँपालिका, सक्रान्तिबजार, तेह्रथुमको आयोजनामा ऐतिहासिक आठराई मदन मेला अन्तरगत यही बैशाख ७ देखि १३ गतेसम्म खुला पुरुष तथा महिला नकाउट फुटबल प्रतियोगिता हुने भएको छ ।
सक्रान्तिबजार स्थित श्री मोहन माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । साथै प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला गरिएको छ । पुरुष फुटबलतर्फ टिमदर्ता शुल्क ५ हजार राखिएको छ भने महिला फुटबलतर्फ टिमदर्ता शुल्क ३५ सय तोकिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले पुरुष फुटबलतर्फ उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै महिला फुटबलतर्फ उपाधि विजेताले नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
आयोजकका अनुसार सो अवसरमा भलिबल, ब्याडमिण्टन लगायत विविध खेलकुदसँगै साँस्कृतिक प्रतियोगिताहरुको पनि आयोजना गरिने बताइएको छ । साथै उक्त प्रतियोगिताहरुको विजेतालाई पनि उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने