काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड साबित्रा भण्डारी चम्किएपछि उनको टोली गोकुलम केरला एफसी जारी हिरो इण्डियन वुमन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
बैंगलोर फुटबल स्टेडियममा भएको सेमिफाइनल भिडन्तमा गोकुलमले डिफेन्डिङ च्याम्पियन सेथु एफसीलाई ३–० ले हरायो । गोकुलमको जितमा साबित्राले दुई गोल गरिन् ।
खेलमा गोलको खाता भने २२औं मिनटमा मनिषाले खोलेकी थिईन् । त्यसपछि मध्यान्तर हुनुअघि ४४औं मिनटमा साबित्राले गोकुलमका लागि दोस्रो गोल गरिन् भने ८४औं मिनटमा तेस्रो गोल गरिन् ।
जारी लिगमा साबित्राको यो १५औं गोल समेत हो । स्मरण रहोस, नेपाली महिला फुटबल टोलीकी अर्की स्टार अनिता बस्नेतले सेथु एफसीबाट खेलेकी थिईन् । तर, उनको उपस्थिति र प्रदर्शन सेथुको हार टार्न प्रर्याप्त बनेन ।
गोकुलमले अब फाइनलमा क्रिप्साको सामना गर्नेछ । क्रिप्साले सोमबार नै भएको अर्को सेमिफाइनलमा केंक्रे एफसीलाई ३–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै