News
बी डिभिजन लिग र महिला लिगको पुरस्कार रकम घोषणा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक बी डिभिजन लिग तथा राष्ट्रिय महिला लिगको पुरस्कार राशीको पनि घोषणा गरेको छ ।
आइतबार बसेको एन्फाको कार्यसमितिको बैठकले यसपटक बी डिभिजन खेल्ने टिमहरुलाई तयारी स्वरुप नगद १०–१० लाख दिने घोषणा गरेको छ । त्यस्तै लिग च्याम्पियनले १५ लाख पाउनेछ भने त्यसपछिका शिर्ष तीन टोलीले क्रमशः ८ लाख, ५ लाख र ३ लाख पाने एन्फाले जनाएको छ ।
स्मरण रहोस, यसपटक महिला लिगको विजेताले पनि समान पुरुषतर्फ बी डिभिजन लिग च्याम्पियन हुने टोली सरहकै पुरस्कार रकम पाउने भएका छन् । जसअन्तरगत लिग च्याम्पियनले १५ लाख पाउनेछ भने त्यसपछिका शिर्ष तीन टोलीले क्रमशः ८ लाख, ५ लाख र ३ लाख पाने एन्फाले जनाएको छ ।
त्यति मात्र नभएर सी डिभिजन लिग खेल्ने क्लबहरुलाई पनि एन्फाले तयारी रकम स्वरुप ७–७ लाख दिने निर्णय गरेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै