News
बी डिभिजन लिग र महिला लिगको पुरस्कार रकम घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक बी डिभिजन लिग तथा राष्ट्रिय महिला लिगको पुरस्कार राशीको पनि घोषणा गरेको छ ।
आइतबार बसेको एन्फाको कार्यसमितिको बैठकले यसपटक बी डिभिजन खेल्ने टिमहरुलाई तयारी स्वरुप नगद १०–१० लाख दिने घोषणा गरेको छ । त्यस्तै लिग च्याम्पियनले १५ लाख पाउनेछ भने त्यसपछिका शिर्ष तीन टोलीले क्रमशः ८ लाख, ५ लाख र ३ लाख पाने एन्फाले जनाएको छ ।
स्मरण रहोस, यसपटक महिला लिगको विजेताले पनि समान पुरुषतर्फ बी डिभिजन लिग च्याम्पियन हुने टोली सरहकै पुरस्कार रकम पाउने भएका छन् । जसअन्तरगत लिग च्याम्पियनले १५ लाख पाउनेछ भने त्यसपछिका शिर्ष तीन टोलीले क्रमशः ८ लाख, ५ लाख र ३ लाख पाने एन्फाले जनाएको छ ।
त्यति मात्र नभएर सी डिभिजन लिग खेल्ने क्लबहरुलाई पनि एन्फाले तयारी रकम स्वरुप ७–७ लाख दिने निर्णय गरेको छ ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय