News
फाइनल खेल्ने लाओसको सम्भावना कायमै

काठमाडौं । पाहुना टोली लाओसले यहाँ जारी प्रधानमन्त्री थ्री नेशन्स कपको फाइनलमा प्रतिस्पर्धा गर्ने आफ्नो सम्भावनालाई कायम राखेको छ । उद्घाटन खेलमा आयोजक नेपालसँग २–० ले पराजित लाओसले आफ्नो दोस्रो खेलमा शनिबार भुटानमाथि २–१ को जित निकाल्यो ।
दशरथ रंगशालामा भएको खेलमा लाओसका लागि दुवै गोल बुनफचन बुनकोङले गरे । उनले खेलको चौथो मिनट मै पहिलो गोल गरेका थिए भने ७०औं मिनटमा दोस्रो तथा निर्णायक गोल गरेका थिए । उता भुटानका लागि ३३औं मिनटमा चेन्चो ग्याल्सेनले एक गोल फर्काए तापनि भुटानी टोलीको हार टार्न सकेनन् ।
अब लिग चरणको अन्तिम खेलमा मंगलबार नेपाल र भुटान भिड्ने छन् । सो खेलमा नेपाललाई बराबरी गरे पनि प्रर्याप्त हुनेछ भने भुटानलाई आफू अनुकुल नतिजा निकाल्नुपर्नेछ ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय