News
दोस्रो संगम कपमा रामनगर र दिपज्योतिको जित
देवदह । दोस्रो संगम कप नकआउट फुटबल प्रतियोगितामा रामनगर एफसी र दिपज्योति एफसीले आ–आफ्नो खेलमा जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
सृष्टि सामुदायिक वनको खेलमैदानमा भएको खेलमा रामनगरले सितलनगर राईजिङ ब्वाईजलाई ४–१ को फराकिलो अन्तरले हरायो । खेलमा रामनगरका मिलन थापा म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा दिपज्योति एफसीले चारापाला फुटबल क्लबलाई २–१ ले हरायो । सो खेलमा दिपज्योतिका किरन थापा म्यान अफ द म्याच घोषित भए ।
संगम युवा क्लब, देवदह–३, सेमराहानाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने खेल संयोजक मिलन थापाले जानकारी दिए ।
कुल ३२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने चैत २३ गतेका दिन हुने पनि खेल संयोजक थापाले बताए ।
Post Comments
Related News
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने