काठमाडौं । लगातार दोस्रो र शानदार जित हात पार्दै नेपाल जारी एएफसी यु–२० महिला एसियन कप छनौटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
छनौट प्रतियोगिता अन्तरगत समूह बी मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार नर्दन मारियाना आईल्याण्डलाई ६–० को फराकिलो अन्तरले हरायो र समूह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । स्मरण रहोस, नेपालले आफ्नो पहिलो खेलमा आयोजक प्यालेस्टाईनमाथि पनि समान ६–० को जित निकालेको थियो ।
नेपालको जितमा दिपा शाहीले दुई गोल गरिन् भने सारा बज्राचार्य, सरस्वती हमाल, प्रिती राई र जेनिफर रानाले एक–एक गोल गरे । रोचक पक्ष त, यो जितसँगै छनौट प्रतियोगितातर्फ दोस्रो चरणमा प्रवेश गर्ने नेपाल दक्षिण एसियाको एक्लो टोली समेत बनेको छ ।
अब छनौट प्रतियोगिता अन्तरगत दोस्रो चरणको खेलहरु आउँदो जुन महिनामा हुनेछ । जहाँ नेपालले थप बलिया र माथिल्लो वरियताका देशहरुसँग प्रतिस्पर्धा गर्नेछ ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट