
काठमाडौं । यहाँ जारी प्रथम केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल अन्तरगत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको खेल स्थगित भएको छ । एन्फा कम्प्लेक्समा खेल चलिरहेकै बेला खराब मौसमले असहजता उत्पन्न भएपछि आयोजकले खेल स्थगित गरेको हो ।
आर्मी र सातदोबाटो बीच उक्त खेल दोस्रो हाफको ५३औं मिनटसम्म चल्दै गर्दा खराब मौसमका कारण रोक्नु परेको थियो । आयोजकका अनुसार स्थगित गरिएको खेल सोमबार बिहान ११ बजेदेखि खेलाइने भएको छ । खेल रोकिंदासम्म गोलरहित नतिजा रहेकाले सोही समयबाट खेल सुचारु गरिने बताइएको छ ।
स्मरण रहोस, प्रतियोगिता अन्तरगत सोमबार नै दोस्रो सेमिफाइनलतर्फ आयोजक टोली केपी एफसी र मच्छिन्द्र फुटबल क्लब पभि भिड्ने कार्यक्रम छ । जुन खेल ३ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १७ गतेका दिन हुनेछ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय