बागमती । प्रभावशाली जितका साथ लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब जारी सातौं राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बागमती नगरपालिका स्थित सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले सुदुरपश्चिम–११ लाई ६–२ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
खेलमा मच्छिन्द्रका बिमल घर्ती मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । मच्छिन्द्रले फाइनलमा आइतबार जावलाखेल युथ क्लबसँग उपाधिका लागि भिड्नेछ । जावलाखेलले बिहीबार मात्रै पहिलो सेमिफाइनलमा बलियो संकटालाई हराउँदै पाmइनलमा स्थान बनाईसकेको छ ।
बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न