ठुटिपिपल । उत्कृष्ट जित हात पार्दै फर्साटिकर युवा क्लब जारी १०औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा फर्साटिकरले विपी स्मृति भैरव एफसीलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको खेलमा फर्साटिकरका लागि बलराम न्यौपाने र टिकाराज गुरुङ्गे दुई–दुई गोल गरे । थप एक गोल भने अमन लामाले गरे । खेलमा फर्साटिकर कै बलराम न्यौपाने म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत फागुन ५ गते शुक्रबारको अन्तिम क्वाटरफाइनल खेल फोर ब्रदर्श एफसी, नवलपरासी र सौभाग्य युवा क्लब, बुटवलबीच हुने खेल संयोजक बिष्णु बरालले जानकारी दिए ।
नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ९ गतेका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने