News
खुम्बु ल्होसार कप: आमाडब्लम र जुभिङ शेर्पाको जित

काठमाडौं । शेर्पा समुदायको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता खुम्बु ल्होसार कप फुटबलमा आमाडब्लम युवा क्लबले सानदार जित हासिल गरेको छ । सानोगौचरण खेलकुद मैदानमा सम्पन्न खेलमा आमाडब्लमले ठमिछेवा फुटबल क्लबलाई ४-० गोलअन्तरले पराजित गर्यो ।
खेलको सुरुवाती समयदेखि नै आमाडब्लमले आफ्नो दबदबा कायम राखेको थियो । आमाडब्लमको जितमा लाक्पा सोनाम शेर्पा म्यान अफ द म्याच घोषित भए ।
यस्तै, दोस्रो खेलमा जुभिङ शेर्पा कुदिक क्लबले कठिन जित हात पारेको छ । जुभिङ शेर्पाले खुम्बु भेटेरनस् युनाइटेड क्लबलाई १-० ले पराजित गर्यो । जुभिङ शेर्पाका लागि एक मात्र निर्णायक गोल फ्रिकिकमा मिङमा तामाङले गरे भने दारिन्जी शेर्पा खेलको म्यान अफ द म्याच बने ।
खुम्बु पासाङल्हामु गाउँपालिका – खुम्बु क्षेत्रको विभिन्न गाउँमा जन्मिएर स्वदेश तथा विदेशमा छरिएर रहेका युवा पुस्ताको खेलकुद प्रतिको लगाव, प्रतिभाको प्रस्फुटन र समुदायका सम्पूर्णलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै