News
साफ यु–१७ महिला च्याम्पियनसिपमा रसियाले पनि खेल्ने

काठमाडौं । अर्को महिना बंगलादेशमा हुन गईरहेको साफ यु–१७ महिला च्याम्पियनसिपमा सबैलाई आश्चर्यमा पार्दै रसियाको यु–१७ महिला फुटबल टोलीले पनि सहभागिता जनाउने भएको छ । यो कुराको पुष्टी दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पनि आधिकारिक रुपमा गरेको छ ।
यो निर्णयसँगै प्रतियोगितामा अब आयोजक बंगलादेशसँगै भारत, नेपाल, भुटान र रसियाले प्रतिस्पर्धा गर्नेछन् । नेपालले उद्घाटन खेलमै चैत ६ गतेका दिन भारतसँग खेल्नेछ । सोही दिन अर्को खेलमा भुटानले बंगलादेशको सामना गर्नेछ ।
आगामी चैत ६ देखि १४ गतेसम्म हुने प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा हुनेछ । प्रतियोगिताको शिर्ष स्थान हासिल गर्ने टोली च्याम्पियन बन्नेछ ।
Post Comments
Related News
- रियल फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा
- फिफा क्लब विश्वकपःअल–हिलालद्वारा साविक विजेता सिटी नकआउट, मिलान पनि बाहिरियो
- कनकाफ गोल्डकपः आयोजक अमेरिका सेमिफाइनलमा, क्यानडा स्तब्ध
- फिफा क्लब विश्वकपः पिएसजी र बायर्न क्वाटरफाइनलमा
- एएफसी महिला एसियन कप छनौटः नेपाल कै समूहमा रहेको उज्वेकिस्तानको पनि फराकिलो जित