News
नेपाल यु–२० महिला टोलीलाई स्वागत
काठमाडौं । बंगलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको नेपाली राष्ट्रिय यु–२० महिला फुटबल टोलीलाई स्वागत गरिएको छ । टोलीलाई एन्फाका पदाधिकारी लगायत अन्य अतिथीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
स्मरण रहोस, बंगलादेशको राजधानी ढाकामा बिहीबार सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले आयोजक बंगलादेशससँग ३–० को हार बेहोर्दै उपविजेतामा सिमित बन्न पुगेको थियो ।
यद्यपि प्रतियोगिताभरि नेपालको प्रदर्शन प्रशंसनीय नै रह्यो । पहिलो खेलमा बंगलादेशससँग ३–१ ले पराजित नेपालले त्यसपछि लगातार दुई खेलमा भुटान र बलियो भारतलाई हराएर फाइनल तय गरेको थियो ।
प्रतियोगितामा नेपाल, बंगलादेश, भारत र भुटान गरी दक्षिण एसियाका चार देशहरुले मात्र सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान