News
अभिषेकको गोलले पनि जोगिएन जेजेको हार
काठमाडौं । माल्दिभ्सको दोसे डिभिजन लिग खेलिरहेका नेपाली फरवार्ड अभिषेक रिजालले आफ्नो नयाँ क्लबका लागि गोल गरे तापनि उनको टोली जेजे स्पोर्टस क्लबले हार बेहोरेको छ ।
अभिषेकको टोली जेजेले मालेमा मंगलबार भएको खेलमा युनाइटेड स्पोर्टससँग १–२ को हार बेहोर्यो । गत महिना मच्छिन्द्र क्लबबाट लोनमा जेजे पुगेका अभिषेकले टोलीका लागि ६२औं मिनटमा एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
यो नतिजापछि जेजे स्पोर्टसले अब बाँकी खेलमा बराबरी गरे तापनि लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल हुनेछ । खेलको गोल हाइलाइट भिडियो पनि हेर्नुहोस् ।


Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै