
काठमाडौं । नेपालको घरेलु फुटबलमा शान्त र सफलतम मिडफिल्डरको छवी बनाएका बिशाल राईले पनि अष्ट्रेलियालाई गन्तव्य बनाउँदै विदेशिएका छन् ।
लामो समयदेखि राष्ट्रिय फुटबल टोलीको महत्वपूर्ण र नियमित सदस्य समेत रहेका बिशालले नेपाली फुटबलमा देखिएको नैराश्यता कै कारण अन्य खेलाडी सरह विदेशिनुलाई अन्तिम विकल्पका रुपमा लिएको हुनुपर्ने धेरैको बुझाई छ ।
झापाली मैदान हुँदै पछिल्लो समय मच्छिन्द्र क्लबका लागि खेलेर नेपालको लिग च्याम्पियन समेत बनेका बिशाल अब अष्ट्रेलियन मैदानमा स्थानीय फुटबलमा आफ्नो भविष्य खोतल्ने छन् ।
सन् २०१५ मा भारत विरुद्ध खेल्दै नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका बिशाललाई अब फेरि राष्ट्रिय जर्सीमा देखिन नपाइने पो हो कि भन्ने आशंका र अन्यौलता पनि छ ।
पछिल्ला १२ महिना यता खेलाडीहरुको विदेशी पलायनको सूची लामो बन्दै गईरहेको छ । आशिष लामा, सुमन लामा, सन्तोष तामाङ, सुमन अर्याल जस्ता खेलाडीहरु पनि अष्ट्रेलिया पुगिसकेका छन् ।
राष्ट्रिय लिग खेलेका र सम्भावना बोकेका खेलाडीहरुको विदेश पलायनको सूची भने त्यो भन्दा लामो छ । र घरेलु फुटबलमा देखिएको यो नैराश्यता कै कारण यो खेलाडीहरुको विदेश पलायनको यात्रा अझै नरोकिने निश्चित पनि छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै