काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) ले आफ्नो २२औं स्थापना दिवसको अवसर पारी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरुको पदोन्नती गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच पदोन्नती हुने खेलाडीहरुमा पुरुषतर्फ नबिन लामा, टोप बिष्ट छन् भने महिलातर्फ अनिता बस्नेत, हिरा भुजेल, रेनुका नगरकोटी, साबित्रा भण्डारी र अन्जिला तुम्बाप्पो सुब्बा रहेका छन् ।
यी सबै खेलाडीहरु सहायक हवल्दार पदमा पदोन्नती भएका हुन् । पदोन्नती भएका साबित्रा र अन्जिला भने कार्यक्रममा उपस्थित थिएनन् । उनीहरु हाल महिला आई लिगका लागि भारतमा छन् ।
नबिन र टोप एपिएफ फुटबल क्लबको पुरुष टोलीका महत्वपूर्ण सदस्य हुन् । नबिनले नेपालको राष्ट्रिय फुटसल टोलीमा पनि आफ्नो उपस्थिति जनाईसकेका छन् । त्यस्तै अनिता, हिरा, रेनुका, साबित्रा र अन्जिला भने राष्ट्रिय महिला फुटबल टोलीका नियमित तथा महत्वपूर्ण सदस्यहरु हुन् ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न