काठमाडौं । बंगलादेशको राजधानी ढाकामा यही माघ २० देखि २६ गतेसम्म हुन गईरहेको साफ यु–२० महिला च्याम्पियनसिपका लागि नेपाली यु–२० महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक यम प्रसाद गुरुङ्गले सोमबार उदीयमान खेलाडी प्रिती राईको कप्तानीमा नेपाली यु–२० महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरेका हुन् । टोलीमा राष्ट्रिय टोली मै स्थान बनाएर राम्रो प्रभाव छोडेका केही खेलाडीहरु पनि सामेल छन् ।
स्मरण रहोस, प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान गरी दक्षिण एसियाका कुल ४ टोलीहरु सहभागि छन् । नेपालले आफ्नो पहिलो खेल माघ २० गतेका दिन आयोजक बंगलादेशसँग खेल्नेछ । त्यस्तै माघ २२ गतेका दिन भुटानसँग खेल्नेछ भने माघ २४ गतेका दिन भारतसँग खेल्नेछ ।
लिग चरणको खेलहरु पश्चात शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल भने माघ २६ गतेका दिन हुनेछ ।
यस्तो छ नेपाल यु–२० महिला फुटबल टोलीको फाइनल स्क्वाडः
गोलकिपर्सः कबिता बिक, साबित्री किशन, लिला जोशी
डिफेन्डर्सः सबीना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यसमाली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डर्सः तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई (कप्तान), अन्जली माचामसी, सरस्वती हमाल, दिपा शाही
फरवार्डसः गरिमा राई, अमिषा कार्की, ममता पुन, अन्जली चन्द
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न