काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका अर्का दुई सदस्य नितिन थापा मगर र रन्जन बिष्ट पनि सुनिश्चित भविष्यका लागि अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
यस साता अष्ट्रेलिया पुग्ने राष्ट्रिय खेलाडीहरुको संख्या पुगेको छ । स्मरण रहोस, यसअघि राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्यहरु गौतम श्रेष्ठ, दिनेश राजवंशी र तेज तामाङ पनि अष्ट्रेलिया पुगिसकेका छन् ।
रन्जन र नितिन पनि अष्ट्रेलियातर्फ प्रस्थान गरिसकेका छन् । उनीहरुले पनि त्यहाँको एमेच्योर क्लबहरुबाट फुटबल खेल्ने बुझिएको छ । रन्जनले गत सिजनको ए डिभिजन लिग न्युरोडटिम (एनआरटी) का लागि खेलेका थिए भने नितिनले मनाङका लागि खेलेका थिए । साथै रन्जन र नितिनले राष्ट्रिय फुटबल टोलीको प्रतिनिध्वि पनि गरिसकेका छन् ।
हाल दिन प्रतिदिन नेपाली फुटबलको ढाँचा नै फितलो र अनिश्चित बन्दा धेरै राष्ट्रिय खेलाडीहरुले विदेश पलायनको बाटो रोजिसकेका छन् । र यो सूची अझै लम्बिने धेरैको अनुमान छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न