झण्डै नौ लाख नगद धनराशीको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएका दुई खेलमा स्टार सिटी क्लब र सुदुरपश्चिम–११ स्पोर्टस क्लब विजयी भएका छन् ।
फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढी रंगशालामा भईरहेको पाचौं संस्करणको हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता २०७६ अन्तर्गत शनिवारको पहिलो खेलमा स्टार सिटीले माउण्ट एभरेष्ट क्लब अत्तरियालाई ५–१ गेल अन्तरले हरायो । स्टार सिटीका लागि पहिलो हाफको ५ औं र २२ औं मिनेटमा विक्रम सिंहले गरे । उनले दोस्रो गोल पेनाल्टी मार्फत गरेका हुन् । त्यसैगरी कमल देउवाले पहिलो हाफको ३१ औं मिनेटमा गोल गरे । कुवेर सिंहले दोस्रो हाफको ५४ औं मिनेट र किरण वोहोराले दोस्रो हाफको ५६ औं मिनेटमा गोल गरे । माउण्ट एभरेष्टका लागि पहिलो हाफको २७ औं मिनेटमा सन्तोष क्षेत्रीले गोल गरे ।
शनिवारको दोस्रो खेलमा सुदुरपश्चिम–११ स्पोर्टस क्लबले घोडाघोडी युवा क्लबलाई २–० ले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा सुदुरपश्चिम–११ का लागि विदेशी खेलाडी ग्लोरीले पहिलो हाफको २१ ऋौं मिनेटमा गोल गरे भने फिलिप तामाङले दोस्रो हाफको ईन्जुी समयको ३ मिनेटमा गोल गरे ।
प्रतियोगिता अन्तर्गत आईतवार दुई खेल हुनेछन् । पहिलो खेलमा पिएफए अत्तरिया र मसुरीया फुटबल एकेडेमी तथा दोस्रो खेलमा मनकामना युवा क्लब र मदरल्याण्ड युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ । माघ २५ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । चौथो संस्करणको विजेताले चार लाख तथा उपविजेताले दुई लाख पुरस्कार पाएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार ६ सय नगद पाउनेछन ।
प्रतियोगिताको पाँचौं संस्करणको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहेको छ । प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेज र टिकट प्रायोजकको रुपमा एक्सप्रेस अटो केयर रहेको छ ।
फारवेष्ट पशुपति युवा क्लब छैँटौ राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो । उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन् ।
- नवबुद्ध र बुलबुलेको शानदार जीत
- महिलातर्फ न्यू कालिका वाकओभरबाट सेमिफाइनलमा, पुरुषतर्फ सुदूरपश्चिम प्रदेश प्रहरी क्वार्टरफाइनलमा
- वनदेवी क्वार्टरफाइनलमा, चारपातेलाई पेनाल्टीमा ३–० ले हरायो
- कैलालीको लम्कीचुहामा ‘न्यू ज्योति कप २०८३’ र तीज मेला हुने
- सुदूरपश्चिमको ऐतिहासिक २७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु