News
प्रथम आटिंघर कप सुरु, एयरपोर्ट, संगम र गार्डेनको जित

मौजा । मौजा स्थित आटिंघरमा शुरु ३५ वर्ष माथि उमेरका आटिंघर कप सेभेन ए साईड फुटबल प्रतियोगितामा एयरपोर्ट एफसी, संगम क्लब र गार्डेन क्लबले विजयी शुरुवात गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा एयरपोर्टले सितलज्योति क्लबलाई ३–२ ले हराउँदै विजयी शुरुवात गरेको हो । त्यस्तै दोस्रो खेलमा संगमले दिप युनाइटेडलाई समान ३–२ ले हरायो । अन्तिम खेलमा गार्डेनले आटिंघर क्लबलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्यो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी स्थानीय वार्ड अध्यक्ष गंगा केसीले गरेका थिए । सिता युवा क्लब, मौजा, कास्कीको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल पौष ३० गतेका शनिबारका दिन हुनेछ ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड