
काठमाडौं । लाइसियम प्याराडाइस र ग्लेडस्टोन पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा लाइसियमले ग्रिनविच एकेडेमीलाई १–० गोलअन्तरले पराजित ग¥यो । गोल आत्माघाती थियो ।
मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा ग्लेडस्टोनले पाणेनीलाई ५–१ गोलले हरायो । ग्लेडस्टोनका निखिल कार्कीले २ तथा सम्यम कालु, सोहन राजवाहक र सुहान कासुलाले १–१ गोल गरे ।
बधबारको खेलसंगै क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनलमा ग्लेडस्टोन भेट आायेजक नेक्सससंग हुनेछ भने लाइसियमले नेपालटार विरुद्ध खेल्ने छ । बाँकी क्वाटरफाइनल लोयल्टी एकेडेमी र अर्किड तथा श्री सञ्जय साइ मन्दिर र बेस्ट ग्रुप भिजन एकेडेमीबीच हुनेछ । क्वाटरफाइनल खेल शनिबारदेखि सुरु हुनेछ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै