काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई महत्वपूर्ण सदस्य साबित्रा भण्डारी र अनिता बस्नेत भारतको चर्चित हिरो महिला आई लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
स्मरण रहोस, यी दुई खेलाडीले गत बर्ष पनि आइ लिग खेलेका थिए । त्यतिबेला दुवैले सेथु एफसीका लागि खेल्दै टोलीलाई आइ लिग च्याम्पियन समेत बनाएका थिए । यद्यपि यसपटक यी दुवै खेलाडी फरक क्लबबाट खेल्ने भएका छन् ।
अनिताले यस बर्ष पनि सेथुबाटै खेल्ने छिन् । यद्यपि उता साबित्राले भने यो वर्ष गोकुलमका लागि खेल्ने भएकी छिन् । रिपोर्टअनुसार साबित्राले गोकुलमको प्रस्ताव स्वीकारेकी हुन् ।
नेपालको घरेलु फुटबलमा एउटै टोली सशस्त्र प्रहरीको एपिएफबाट खेल्ने साबित्रा र अनिता भारतीय लिगमा भने एक अर्काबीच भिड्ने पक्का भएको छ । स्मरण रहोस, यस वर्षको महिला आइ लिग यहि जनवरी २४ देखि शुरु हुँदैछ । जहाँ कुल १२ टोलीहरु लिग उपाधिका लागि भिड्ने छन् ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि