News
दोस्रो सेभेन स्ट्रिट कप फुटसल हुँदै
काठमाडौं । स्ट्रिट ब्रदरहुडको आयोजनामा यहि असोज ७ र ८ गतेका दिन दोस्रो सेभेन स्ट्रिट कप फाईभ ए साईड खुला फुटसल प्रतियोगिता हुँदैछ ।
धोलाहिटी स्थित विनायक स्पोर्टस कम्प्लेक्समा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजकका सुजन गुरुङले बताए ।
युवाहरुलाई कुलतमा लाग्नबाट जोगाई खेलकुदतर्फ अभिप्रेरित गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अर्का सदस्य दिपेन राईले बताए ।
प्रतियोगिता भर्खर दोस्रो संस्करणसम्म आइ पुगेको बताउँदै आयोजकले यसलाई आगामी दिनमा थप भव्य बनाउने योजना रहको पनि राईले जानकारी दिए ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि