News
एएफसी यु–२० एसियन कप छनौटमा भुटानसँग स्तब्ध बन्यो नेपाल

काठमाडौं । बहराईनमा शनिबारदेखि शुरु एएफसी यु–२० एसियन कप छनौटमा नेपालले खराब शुरुवात गरेको छ । समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर आँकिएको भुटानसँग २–० ले स्तब्ध बन्न पुग्यो ।
बहराईनको इसा टाउन स्थित खलिफा स्पोर्टस सिटी स्टेडियममा सम्पन्न खेलमा सोनाम छोजाङले पहिलो हाफमा गोल गर्दै भुटानलाई अग्रता दिलाए । त्यस्तै दोस्रो हाफ शुरु भएको केही मिनट मै कर्मा टासीले दोस्रो गोल गरे । जुन खेलको अन्तिम गोल पनि बन्यो ।
त्यस्तै खेलको अन्तिमतिर नेपाल दश खेलाडीमा खुम्चिन पुग्यो । इन्जुरी समयमा अभिषेक वाईबाले रातो कार्ड खाँदै मैदान बाहिरिदा नेपाल दश खेलाडीमा खुम्चिन पुगेको थियो ।
नेपालले आफ्नो आगामी खेल सोमबार बलियो कतारसँग खेल्दैछ । समूह बी मा नेपाल, भुटान र कतारसँगै आयोजक बहराईन र बंगलादेश रहेका छन् ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध