काठमाडौं । यहि महिना बहराईनमा हुने एएफसी यु–२० एसियन कप छनौट खेल्ने नेपाल यु–२० फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले आइतबार बहराईन जाने नेपाल यु–२० फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरेका हुन् ।
स्मरण रहोस, छनौट प्रतियोगिता अन्तरगत समूह बी मा रहेको नेपालले आयोजक बहराईन, बलियो कतारसँगै भुटान र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । छनौट खेलहरु यहि सेप्टेम्बर १० देखि १८ तारीखसम्म खालिफा स्पोर्टस सिटी स्टेडियममा हुनेछ ।
यस्तो छ नेपाल यु–२० टोलीको फाइनल स्क्वाडः
गोलकिपर्सः इश्वर गुरुङ, टोप बहादुर राना, जियारथ शेख
डिफेन्डर्सः शयन्शु भषाल, जान तम्ली, राज थोकर, अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, श्रृजन दानी, अभिषेक वाइबा
मिडफिल्डर्सः राकेश विश्वकर्मा, सञ्जिव लामा, दिपेश गुरुङ, आशिष राई, सन्जिप कार्की, जन्मजय धामी, कृतिष रत्न छुन्जु, मनग्य नकर्मी, आयुष घलान
फरवार्डसः निरन्जन मल्ल, रोहन खड्गी, सुगम सुवाल
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न