काठमाडौं । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बताएका छन् ।
काठमाडौंमा शुक्रबार सम्पन्न प्रतियोगिता मुल आयोजक समितिको पहिलो बैठकमा मन्त्री गहतराजले तोकिएको मितिमै प्रतियोगिता संचालन हुने बताएका हुन् ।
कोभिडका कारण लामो समयदेखी रोकिएको प्रतियोगिता सञ्चालन गरेर खेलकुद क्षेत्रमा देखिएको नैराश्यता हटाउनुपर्ने उल्लेख गर्दै मन्त्री गहतराजले भब्य रुपमा प्रतियोगिता संचालन हुनेमा ढुक्क हुन आग्रह समेत गरे ।
“यो प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरी प्रतियोगिता संचालन गर्ने छौंै । उपयुक्त मौसमलाई छनोट गरी दशैँ सकेर प्रतियोगिता संचालन हुनेछ । त्यसले खेलाडीलाई झनै खुशी दिने छ” मन्त्री गहतराजले भने, “मौसम विज्ञसँग छलफल गरेर मिति तय गरेका छौं, निर्धारित मितिमै प्रतियोगिता सम्पन्न हुन्छ ।”
मन्त्री गहतराजले प्रतियोगिता आयोजनाकालागि पोखरामा भौतिक पुर्वाधार निर्माण कार्य भइरहेको र केही खेलका लागि संरचना अभाव हुने देखिए पनि त्यसको व्यवस्थापनका लागि गृहकार्य भइरहेको बताए ।
नवौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप मन्त्री गहतराजको अध्यक्षतामा मुल आयोजक समितिको पहिलो बैठक काठमाडौंमा बसेको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पेश गर्नु भएको विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो । सदस्य–सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदलाई ऐतिहासिक बनाउन सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको बताउदै राष्ट्रिय पर्वका रुपमा रहेको बृहत खेलकुदलाई सफल बनाउन सबै एकजुट हुनु पर्नेमा जोड दिए ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि