News
छहारी एसइइ कप फुटसल हुँदै
काठमाडौं । छहारी शिक्षा सदनको आयोजनामा यहि असार १४ र १५ गतेका दिन छहारी आफ्टर एसइइ कप फुटसल प्रतियोगिता हुने भएको छ ।
एसइइ दिएर बसेका खेलाडीहरुबीच हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० हजार हात पार्नेछ भने उपविजेताले ५ हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई कलेजको स्पोर्टस साईन्स संकायमा निःशुल्क भर्नाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क २ हजार तोकिएको छ । त्यसमा अतिरिक्त शुल्क १५ सय रहेको पनि आयोजकले जानकारी दियो । साथै टिम दर्ताका लागि अन्तिम मिति यहि असार १३ गतेसम्म तोकिएको पनि आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि