
काठमाडौं । शानदार जितका साथ झापा फुटबल क्लब यहाँ जारी शहिद स्मारक सी डिभिजन लिगबाट बी डिभिजन लिगमा बढुवा भएको छ । सोमबार भएको खेलमा बिरगंज युथ एकेडेमीलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै झापा बी डिभिजनमा बढुवा भएको हो ।
खेलमा झापाका लागि पुजन राईले ह्याट्रिकसहित चार गोल गरे । राईले खेलको १३, ६५ र ७४औं मिनटमा तीन गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए भने थप एक गोल इन्जुरी समयमा गरेका थिए । त्यस्तै झापाली टोलीका लागि थप एक गोल सन्तोष लावतीले इन्जुरी समयमै गरेका थिए ।
यो नतिजापछि एक खेल खेल्न बाँकी छँदा १२ खेलबाट ३१ अंक जोडेको झापा शिर्ष स्थानमा छ । दोस्रो र तेस्रो स्थानमा भने समान २८–२८ अंक जोडेका प्लानिङ ब्वाईज र आरसी३२ फुटबल एकेडेमी छन् । बी डिभिजनमा बढुवा हुने दोस्रो टोलीको टुंगो अन्तिम खेलबाटै लाग्नेछ ।
यद्यपि अन्तिम खेलमा झापाले आफू अनुकुल नतिजा निकाल्न नसके पनि हेड टु हेडका आधारमा शिर्ष स्थान मै रहने निश्चित छ । जारी सी डिभिजन लिगबाट झापासँग पराजित बिरगंज युथ र ओएसिस क्लब रेलिगेशनमा परेका छन् ।
- महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिकको गुनासोः “एन्फालाई योजना भन्दा राजनीतिमा बढी रुची”
- फ्रेण्डसको एकतर्फी जित, मनाङको लय जारी, शेर्पालाई सफलता
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात