News
एएफसी कपमा किरनको डेब्यु, तर हार्यो माजिया

काठमाडौं । एसियाली क्लब फुटबलको प्रतिष्ठित मध्ये एक एएफसी कपमा नेपालका चर्चित गोलरक्षक किरन चेम्जोङले डेब्यु गरेका छन् । यद्यपि उनको त्यो एएफसी कप डेब्यु सुखद भने बन्न सकेन ।
हाल माल्दिभ्स च्याम्पियन माजिया स्पोर्टस एण्ड रिक्रियशनका लागि खेलिरहेका किरनको टोलीले एएफसी कपतर्फ बुधबार राती बंगलादेशी च्याम्पियन बसुन्धरा किंग्ससँग भिडेको थियो ।
समूह डी मा रहेको माजियाले बुधबार सम्पन्न पहिलो खेलमा बसुन्धरासँग १–० को साँघुरो अन्तरको हार बेहोर्न पुगेको हो । पहिलो हाफको ३३औं मिनटमा गाम्बिपयन खेलाडी नुहा मेरोङले गरेको एक मात्र गोल माजियालाई निराश बनाउन निर्णायक बन्यो ।
माजियाले आफ्नो दोस्रो खेल शनिबारका दिन गोकुलम केरला एफसीसँग खेल्नेछ । बुधबार नै भएको समूह डी तर्फको अर्को खेलमा गोकुलम केरलाले एीटके मोहन बगानमाथि ४–२ को प्रभावशाली जित निकालेको थियो ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध