काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट निस्किएका खेलाडी तथा मुख्य प्रशिक्षकबीचको विवाद सुल्झाउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । एन्फाको आइतबार बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
छानविन समितिको संयोजकमा पूर्व आर्मी चिफ तथा फुटबल खेलाडी भिक्टर राना रहेका छन् । समितिको अन्य सदस्यमा पूर्व खेलाडी विदुर विष्ट तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा रहेका छन् । छानविन समितिले सात दिनमा निष्पक्ष छानविन गरेर प्रतिवेदन बुझाउनु पर्ने एन्फाले जनाएको छ ।
स्मरण रहोस, खेलाडी र प्रशिक्षकबीचको विवादलाई लिएर एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ, उपाध्यक्षद्वय बिर बहादुर खड्का, कृष्ण थापा लगायत केही सदस्यहरुलाई एन्फाको कार्यसमिति बैठक बस्न माग गरेका थिए । सोही बमोजिम एन्फाको आइतबारको बैठक बसेको हो ।
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १० सिनियर खेलाडीहरुले व्यवस्थापन र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै क्याम्प छाडेपछि त्यसलाई विवादको चर्को रुप लिएको थियो । र अहिले पनि सो विवाद साम्य भईसकेको छैन ।
यद्यपि एएफसी एसियन कप छनौटको तयारीमा रहेको नेपाली टोलीको बन्द प्रशिक्षणमा मुख्य प्रशिक्षकले थप नयाँ खेलाडीहरुलाई समावेश गरेर क्लोज क्याम्पलाई भने जारी राखेका छन् ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”