बिर्तामोड । झापा जिल्ला फुटबल संघको नेतृत्वमा पुनः भगिरथ आले ‘मामा’ सर्वसम्मत भएका छन् । मामा संघको चौँथोपटक अध्यक्षमा चयन भएका हुन् ।
धुलाबारीमा आज सम्पन्न आठौँ साधारणासभाबाट मामाको नेतृत्व १३ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । जसको उपाध्यक्षत्रयमा टिकाराम प्रसाई, मनेष दाहाल र सञ्जय राई रहेका छन् ।
तीन उपाध्यक्ष पदमा भने निर्वाचन भएको थियो । जसमा ५ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा निर्वाचित राईले सर्वाधिक मत ल्याए भने दोस्रो र तेस्रो मतमा प्रसाई र दाहालको मत आएको थियो ।
नयाँ कार्यसमितिको सदस्यमा टेकराज तिलिङ, अमिर श्रेष्ठ, जीवनकुमार मोते, वसन्त श्रेष्ठ, नोभेम्वर नेम्वाङ, बुद्धराज लिम्बू, किशोरकुमार कार्की, सन्तोष राई रहेका छन् भने महिला सदस्य पुनम सुब्बा चयन भएकी निर्वाचन समितिका अध्यक्ष अजय घिमिरेले प्रकाशित गरेको सूचनामा जनाइएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा