काठमाडौं । न्याय क्षेत्रमा क्रियाशील रहेका संघसंस्था र व्यक्तित्वहरुबीच यहि चैत्र २५ र २६ गतेका दिन दुई दिने फुटसल प्रतियोगिता हुने भएको छ ।
पारामाउण्ट लिगल अडभाईजरी सर्भिसेजको आयोजनामा न्यायीक क्षेत्रमा व्यस्त रहेका व्यक्तित्वहरुबीच भाईचारा र एकता कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक सत्य नारायण महर्जनले बताए ।
प्रतियोगितामा कुल १९ टोलीहरुको सहभागिता रहने पनि संयोजक महर्जनले जानकारी दिए । विजेता र उपविजेता बन्ने टोलीहरुलाई नगदसहित मेडल र ट्रफीहरुको पनि व्यवस्था गरिएको उनले बताए । साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुलाई पनि पुरस्कृत गरिने उनले जानकारी दिए ।
मनहरा, भक्तपुर स्थित बैजन्ती फुटसलमा हुने प्रतियोगिताको समापन चैत्र २६ गते शनिबारका दिन हुनेछ । साथै प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भईसकेको आयोजकले जनाएको छ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि