काठमाडौं । पहिलोपटक शहिद स्मारक बी डिभिजन लिग खेलिरहेको चर्च ब्वाईज युनाइटेड यस सिजन आगामी वर्षका लागि ए डिभिजनमा बढुवा हुने पहिलो टोली बनेको छ ।
मंगलबार बाँसबारी क्लबलाई ५–१ को फराकिलो अन्तरले हराउँदै चर्च ब्वाईजले एक खेल खेल्नु अघि नै ए डिभिजनमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
एन्फा कम्प्लेक्सम्पन्न खेलको सातौं मिनट मै साइमन लिम्बुले चर्च ब्वाईजका लागि पहिलो गोल गरे । १७औं मिनटमा आशिष चौधरीले त्यो अग्रता दोब्बर पारे । ३७औं मिनटमा साइमनले नै व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाईजको अग्रता ३–० को स्थितिमा पुर्याए ।
लगतै ४१औं मिनटमा टोलीका लागि चौथो गोल गर्दै साइमनले ह्याट्रिक समेत पूरा गरे । त्यस्तै ८१औं मिनटमा साइमनले नै व्यक्तिगत चौथो गोल गर्दै चर्च ब्वाईजको फराकिलो जित पक्का गरे ।
यो नतिजापछि १२ खेलबाट २६ अंक जोडेको चर्च ब्वाईज शिर्ष स्थानमा यथावत छ । साथै चर्च ब्वाईज युनाइटेड बी डिभिजन लिग च्याम्पियन समेत बन्न सफल भएको छ । उता पराजित बाँसबारीको भने १२ खेलबाट १६ अंक छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न