
नेपाल भ्रमणमा रहेका एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष सलमान बिन इब्राहिम अल–खालिफाले सोमबार एन्फा कम्प्लेक्समा एन्फाका पदाधिकारीहरुसँग भेटघाट गरेका छन् ।
एएफसीको अध्यक्ष पदका लागि फेरि चुनावमा भिड्ने यसअघि नै घोषणा गरिसकेका सलमानले सामबार एक कार्यक्रमका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरुसँग भेटघाट गरेका हुन् ।
आगामी बर्षको ६ अप्रिलका दिन हुने २९ औं एएफसी कँग्रेसमा सलमानले दावेदारीता दिएका छन् । सन् २०१३ देखि एएफसीको अध्यक्ष पदमा रहेका सलमानले एन्फाबाट पनि आवश्यक समर्थन पाउने योजनासहित नेपाल भ्रमण गरेको हुन सक्ने बताईन्छ । भेटघाट कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष पंकज नेम्वाङ लगायत अन्य थुप्रै पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष सलमानले एसियाली फुटबलमा आफूहरुले हात पारेको उपलब्धीले आफूलाई सधै गर्वीलो महशुस गराउने बताए । पछिल्लो पाँच बर्षमा फुटबलले एसियामा निकै फड्को मारेको बताउँदै उनले आगामी दिनहरुमा पनि एसियाली फुटबलको विकासमा थप मेहनत गर्दै जाने बताए ।
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने