News
आहा! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजनलाई स्कुटर हस्तान्तरण

पोखरा । २०औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका उत्कृष्ट खेलाडी राजन गुरुङलाई अप्रिला स्कुटर हस्तान्तरण गरिएको छ ।
आहा! राराको नयाँ विजेता टोली एपिएफ एफसीका डिफेन्डर राजन प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
सिताज् लाइफ स्टाइलअन्तर्गत अप्रिलाका म्यानेजर आशीष श्रेष्ठले सो स्कुटर राजनलाई हस्तान्तरण गरेका हुन् । सोही अवसरमा प्रतियोगिताको आयोजक सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले ब्लु बुक प्रदान गरे । पुरस्कार ग्रहणपछि राजनले प्रसन्नता व्यक्त गरे ।
पोखरा रंगशालामा गत माघ ६ देखि १५ सम्म चलेको प्रतियोगिताको फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै एफिएफले सहभागिताको १६ वर्षपछि उपाधि चुमेको थियो ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड