News
रजिन फेरि बिराटनगरका मार्की प्लेयर
काठमाडौं । बिराटनगर सिटी फुटबल क्लबले पनि पहिलो संस्करण कै कप्तान रजिन धिमाललाई मार्की प्लेयरका रुपमा निरन्तरता दिएको छ । नेपाल सुपर लिगको दोस्रो संस्करण शुरु हुन केही साता बाँकी रहँदा सहभागि क्लबहरुले आ–आफ्नो मार्की खेलाडीहरुलाई घोषणा धमाधम गर्न थालेका छन् ।
यसअघि नव आगन्तुक टोली झापा एफसीले अन्जन बिष्टलाई मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको थियो भने धनगढीले बिशाल राईलाई मार्की खेलाडीका रुपमा निरन्तरता दिने घोषणा गरेको थियो ।
सुपर लिगमा यसपटक थपिएका तीन नयाँ टोलीसहित कुल १० टोलीहरुले सहभागिता जनाउँदै छन् । लिगको दोस्रो संस्करण चैत्र महिनाको अन्तिमदेखि शुरु हुने कार्यक्रम छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजेन्टको आयोजना हुने सुपर लिगको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।
Post Comments
Related News
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा