काठमाडौं । बहुप्रतिक्षित फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि थप तीन टोलीको घोषणा भएको छ । आयोजक नेपाल स्पोर्टस म्यानेजमण्टले यसअघि नै प्रतियोगितामा यस संस्करणदेखि थप तीन टोली थपेर कुल १० टोली बनाउने घोषणा गरिसकेको थियो ।
आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि थप नयाँ तीन टोलीहरुको घोषणा गरेको हो । जसमा झापा एफसी, स्र्पोटिङ इलाम डि मेची र बिरगंज युनाइटेड रहेका छन् । झापाली टोली झापा एफसी प्रा.लि. को स्वामित्वमा छ भने कार्यक्रममा स्र्पोटिङ क्लब डि मेचीको प्रतिनिधित्व सुहाङ नेम्वाङ र पियुष न्यौपानेले गरेका थिए ।
त्यस्तै बिरगंज युनाइटेडका लागि अरबिन्द्र अमात्य, अनिल गुप्ता र अरबिन्द बरालको उपस्थिति रहेको थियो । कार्यक्रममा सबैले नेपालको प्रतिष्ठित फ्रेन्चाईज लिगको हिस्सा बन्न पाउँदा आफूहरु उत्साहित रहेको प्रतिक्रिया दिए । घोषणा गरिएका यी तीन क्लबले गत संस्करण खेलेका सात टोलीहरुसँग यस बर्षदेखि प्रतिस्पर्धा गर्नेछन् ।
स्मरणीय छ, सुपर लिगको आयोजक नेपाल स्पोर्टस म्यानेजमेण्टले प्रतियोगिताको दोस्रो संस्करण यहि आउँदो चैत्र २६ गतेदेखि गर्ने घोषणा गरिसकेको छ । प्रतियोगिताको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।

- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै