पथरी । पथरी स्र्पोटिङ क्लवले एक कार्यक्रमको आयोजना गरि दमक वडा अध्यक्ष कप विजेता तथा पुर्व खेलाडी र खेल शुभेच्छुकहरुलाई सम्मान गरेको छ ।
दिपेन्द्र स्पोर्टिङको खेल मैदानमा भएको एक कार्यक्रमका बीच क्लवले पुर्व खेलाडी शुकदेव राई, मदन राई, विकी राई, सुमन राई, विरेन सावा, दिपक पुलामी, अनलि चुडाल, कृष्ण राई लगायतका खेलाडीलाई सम्मान गरेको हो । खेलाडीले नगरले हाल सम्म क्लवलाई आवश्यक पर्ने भवन समेत ब्यावस्थापन नगरेको र खेल मैदानको विषयमा चासो नराखेको कारण कार्यक्रम खुल्ला मैदानमा गरेको बताए ।
क्लवले यहि पौष ११ गते सम्पन्न दमक वडाध्यक्ष कपका विजेता खेलाडीलाई हौसला प्रदान गर्न नगद सहित सम्मान गरेको हो । सोहि अवसरमा क्लवका पुर्व खेलाडी हाल अमेरीकी सेनामा कार्यरत विजन राई र संजोग राईलाई समेत सम्मान गरिएको थियो ।
लामो समय पछि सफलता हात पारेको स्पोर्टिङ क्लवले फुटवल खेल्न अवसर जुराई दिन सम्बन्धित निकाय र व्यक्तिसँग अनुरोध समेत गरेका छन् । नगरको पहिचान गराउदै मैदानमा फुटवल खेल्ने खेलाडीले पछिल्लो समय कहि कतैबाट पनि सहयोग नपाएको गुनासो गरेका छन ।
पछिल्लो समय फुटवल खेल्न जान समस्या रहेका कारण खेलाडीले यातायात खर्च र सामान्य खाजा खर्च कटाएर ५० हजार बचत गरेको टोलीका कप्तान तथा गोलरक्षक अर्जुन बस्नेतले दुखेसो पोखे ।
फुटवल खेल्न आफ्नै खर्चमा हिड्नु पर्ने भए पछि सम्भावना बोकेका खेलाडीहरु पैसा कमाउन बैदेशिक रोजगारमा जानु परेको बाध्यता खेलाडीहरुको छ । पुर्व खेलाडी लाल बहादुर लावतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला खेलाडीलाई समेत सम्मान गरेको थियो ।



- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा