काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयमा खेलकुदमा प्रतिबन्धित औषधि सेवन तथा विधि विरुद्धको सचेतना कार्यक्रम’ सोमबार सम्पन्न भएको छ । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न खेलक्षेत्रका व्यक्तिगत तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरु र सो सँग सम्वद्ध प्रशिक्षक, व्यवस्थापकहरु सहभागी भएको कार्यक्रममा डा. सरोजकृष्ण श्रेष्ठले खेल क्षेत्रमा प्रतिबन्धित औषधि सेवन र विधिहरु, यसका तत्कालिन तथा दीर्घकालिन प्रभावका बारेमा जानकारी गराएका थिए ।
त्यस्तै सोही अवसरमा मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एन्टी डोपिङका नीतिगत, कानूनी व्यवस्था, मन्त्रालयका प्रयास तथा आगामी दिनमा मन्त्रालयले चाल्नु पर्ने कदमको बारेमा आफ्नो प्रस्तुती र धारणा राखेका थिए ।
कार्यक्रममा उपस्थिति सबैले खेल क्षेत्रमा प्रतिवन्धित औषधिको प्रयोगले खेलाडीको खेलसँगै व्यक्तिगत र सामाजिक जिवनमा पनि नकरात्मक असर पर्ने भएकाले त्यस्ता कार्यमा संलग्न नहुन जोड समेत दिएका थिए ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान