कानेपोखरी । आयोजक जहदा भेट्रान्स, मोरङले आइतबार सम्पन्न जहदा भेट्रान्स कपको उपाधि जित्न सफल भएको छ । फाइनलमा इटहरी भेट्रान्सलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै आयोजक च्याम्पियन बनेको हो ।
जहदा रंगशालामा भएको प्रतिस्पर्धात्मक फाइनलमा आयोजकका लागि डेनिम राईले पेनाल्टीबाट गरेको एक मात्र गोल फाइनलको निर्णायक गोल बन्यो । भुपेन लिम्बु फाइनल खेलको म्यान अफ द म्याच घोषित भए ।
विजेता बनेको जहदाले उपाधिसहित १ लाख ११ हजार हात पार्यो भने उपविजेता इटहरीले ६६,६६६ रुपैयाँमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी नगेन मणि लिम्बु घोषित भए ।
उत्कृष्ट गोलरक्षक राजेन्द्र धिमाल चुनिए भने उत्कृष्ट डिफेन्डर बिष्णु सुनुवार घोषित भए । उत्कृष्ट मिडफिल्डर डेनिम राई बन्दा उत्कृष्ट फरवार्ड रमेश गुरुङ घोषित भए ।
सर्वाधिक गोलकर्ताको पुरस्कार जनकराज सुनुवारले जित्दा उत्कृष्ट प्रशिक्षक सन्दिप रसाइली घोषित भए । विजयी खेलाडीहरुलाई कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्ले लगायत अन्य अतिथीहरुले पुरस्कृत गरे ।
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा