
काठमाडौ.। उपमेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । अन्तिम दुई क्वाटरफाइनलमा गौरीगंगा नगरपालिका र कनकाई नगरपालिका विजयी बनेपछि प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको तेस्रो क्वाटरफाइनलमा सोझै बाई पाएको समूह आई को विजेता गौरीगंगाले रोङ गाउँपालिकालाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
त्यस्तै अन्तिम क्वाटरफाइनलमा कनकाई नगरपालिकाले सोझै बाई पाएको समूह जी को विजेता गोदावरी नगरपालिकालाई ३–० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भयो । खेलमा कनकाईकी दिपा शाही प्लेयर अफ द म्याच घोषित भईन् ।
कनकाईले अब सेमिफाइनलमा ललितपुर महानगरपालिकासँग खेल्नेछ भने अर्को सेमिफाइनलमा गौरीगंगाले धनगढी नगरपालिकाको सामना गर्नेछ । सेमिफाइनलका दुवै खेलहरु कार्तिक २६ गतेका दिन हुने छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीहरु राष्ट्रिय महिला लिगका लागि छनौट हुने छन् ।
- एएफसी महिला एसियन कप छनौटमा नेपालको चुनौति समाप्त
- नेपाल एएफसी महिला एसियन कपमा छनौट भए सबै खेलाडीहरुलाई जनही ५० हजार दिने खेल अभियन्ता गुरुङ्गको घोषणा
- झापा महिला गोल्डकपलाई शिवसताक्षी नगरपालिका र वडाहरुको साथ
- नेपालको लगातार दोस्रो जितमा साबित्राको लगातार दोस्रो ह्याट्रिक
- साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्यामा छलाङ्ग