लक्ष्मीमार्ग । चौथो बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल एपिएफ क्लब र हिमालयन शेर्पा क्लब भिड्ने भएका छन् ।
मंगलबा भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा एपिएफले राजारानी (रारा) फुटबल क्लबलाई शुन्यका विरुद्ध २ गोलले हराउँदै फाइनलमा शेर्पासँगको उपाधि भिडनत पक्का गरेको हो ।
लक्ष्मीमार्ग रंगशालामा भएको खेलमा एपिएफले दुवै गोल अन्तिमतिर गर्यो । ७५औं मिनटमा आशिष लामाले पेनाल्टीबाट एपिएफका लागि पहिलो गोल गरे भने ८४औं मिनटमा नबिन लामाले दोस्रो गोल गर्दै विभागीय टोलीको जित पक्का गरे ।
खेलमा एपिएफका सनिष श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनलाई प्रदेश नम्बर १ का सांसद लोक प्रसाद संग्रौलाले नगद ५५ सय सहित पुरस्कृत गरे । अब एपिएफले कार्तिक १७ गते बुधबारका दिन हिमालयन शेर्पा क्लबसँग फाइनल खेल्नेछ ।
डाँगीहाट युथ क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा