दुहबी । वसन्तपुर फुटबल क्लब, दुहबी सुनसरी यहाँ जारी प्रथम खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा नव युवा क्लब, मोरङलाई टाईब्रेकरमा ३–२ ले हराउँदै वसन्तपुर फाइनलमा पुगेको हो ।
त्यसअघि दुहबी–५ स्थित श्री सरस्वती उमाविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको चौथो मिनट मै सन्दिप लिम्बुको गोलबाट अग्रता बनाएको नव युवाले त्यसलाई जोगाउन नसकदा हार बेहोर्न पुग्यो ।
उता २७औं मिनटमा वसन्तपुरका लागि अनिष चौधरीले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । त्यसपछिको पेनाल्टी शुटआउटमा भने बसन्तपुर सफल बन्यो । खेलको म्यान अफ द म्याच बसन्तपुरका गोलरक्षक कबिन चौधरी घोषित भए । उनलाई प्रमुख अतिथी राजकुमार रौनियारले नगदसहित पुरस्कृत गरे ।
अब बसन्तपुरले उपाधिका लागि फाइनलमा पचिरा फुटबल क्लबको सामना गर्नेछ । युथ–११ फुटबल क्लब, दुहबी–५ सुनसरीको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल भने कातिृक १५ गतेका दिन हुनेछ ।


- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा