
काठमाडौं । यसै महिना ताजिकिस्तानमा हुन गईरहेको एएफसी यु–२३ एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपालले इण्डोनेसियाको यु–२३ फुटबल टोलीसँग मैत्रीपुर्ण फुटबल म्याच खेल्न सक्ने सम्भावना रहेको बताइएको छ ।
यद्यपि यो मैत्रीपुर्ण फुटबल म्याचबारे दुवै देशका सम्बन्धित निकायले आधिकारिक रुपमा पुष्टी गरेका भने छैनन् । खबरअनुसार यदि योजना अनुसार सबै कुरा सामान्य रहे यी दुई देशबीच ताजिकिस्तान कै राजधानी दुबान्बेमा २२ अक्टुबरका दिन मैत्रीपुर्ण फुटबल म्याच हुने बताइएको छ ।
स्मरण रहोस, एएफसी यु–२३ एसियन कप छनौट प्रतियोगितातर्फ नेपाल समूह बी मा परेको छ । जहाँ नेपालले बलियो इरानसँगै लेबनान र ताजिकिस्तानसँग खेल्ने कार्यक्रम छ । समूह बी का सबै खेलहरु ताजिकिस्तानमा हुनेछन् ।
नेपालले आफ्नो पहिलो खेल अक्टुबर २५ तारीखका दिन इरानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ भने २८ अक्टुबरका दिन आयोजक ताजिकिस्तानसँगै दोस्रो खेल खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले ३१ अक्टुबरका दिन लेबनानसँग खेल्नेछ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय