पथरी । नर्थ राधानगर नकआउट कपको फाइनल भिडन्त आयोजक नर्थ राधानगर फुटवल क्लव र पञ्चायन फुटवल क्लव सुनसरी बिच हुने भएको छ । दोस्रो सेमिफाइनलमा नवयुवा क्लव बुढिगंगालाई १ का विरुद्ध ४ गोलले हराउँदै आयोजक नर्थ राधानगरले फाईनलको यात्रा तय गरेको हो ।
खेलको ८ औं मिनेटमा नवयुवाका लागि निशान लिम्बुले गोल गर्दै अग्रता लिए पनि त्यो अग्रता कायम राख्न सकेन्न । पहिलो हाफको अतिरिक्त समयमा आयोजक नर्थ राधानगर फुटवल क्लवले पाएको कर्नर किकलाई सदुपयोग गर्दै विबेक पौडेलले खेल बराबरीमा पुराए ।
आयोजकका लागि दोस्रो हाफको ३४ औं मिनेटमा बिक्रम धिमाल, ३९ औं मिनेटमा विबेक पौडेल र ४९ औं मिनेटमा मिलन परियारले थप तीन गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
खेलको म्यानअफ द म्याच आयोजकका मैसम सुब्बा घोषित हुदै नगद २ हजार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद ५१ हजार, मेडल, ट्रर्फी तथा प्रमाण पत्र प्राप्त गर्ने छन भने उपविजेताले नगद ३१ हजार प्राप्त गर्ने छन ।

- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा