काठमाडौं । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिष डाँगी निर्णायक बन्दा प्रतिष्ठित साफ च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ ।
माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा सम्पन्न खेलमा नेपालले आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।
पहिलो हाफमा मिश्रित प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन पनि गर्यो । नेपालका लागि कप्तान तथा गोलरक्षक किरन चेम्जोङले पनि केही उत्कृष्ट बचाउ गरे ।
दोस्रो हाफतर्फ ६९औं मिनटमा नवयुग श्रेष्ठको स्थानमा प्रवेश गरेका मनिषले ८६औं मिनटमा एक मात्र निर्णायक गोल गर्दै नेपाललाई महत्वपुर्ण जित दिलाउका साथै घरेलु समर्थकहरुलाई निराश तुल्याइदिए । खेलमा निर्णायक गोलकर्ता मनिष डाँगी नै म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेल आउँदो सोमबार खेल्नेछ । सो खेल पनि नेपाली समयअनुसार ९ः४५ बजे शुरु हुनेछ । स्मरण रहोस, श्रीलंकाले शुक्रबार नै भएको उद्घाटन खेलमा बंगलादेशसँग समान १–० को हार बेहोरेको थियो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै