कााठमाडौं । एएफसी यु–२३ एसियन कप छनौटको लागि नेपाली यु–२३ टोलीको बन्द प्रशिक्षणमा बोलाइएका ४८ खेलाडीहरु मध्ये सात खेलाडीहरु राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका छन् ।
आगामी अक्टुबर २५ देखि ३१ तारीखसम्म ताजिकिस्तानमा हुन गईरहेको छनौट प्रतियोगितातर्फ नेपाल समूह बीमा परेको छ । जहाँ नेपालले आयोजक ताजिकिस्तानसहित इरान र लेबनानसँग प्रतिस्पर्धा गर्नेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार यु–२३ टोलीको प्रारम्भिक टोलीमा परेका राष्ट्रिय टोलीका सदस्यहरु साफ च्याम्पियनसिप पछि यु–२३ टोलीको बन्द प्रशिक्षणमा सामेल हुनेछन् ।
स्मरण रहोस, हाल राष्ट्रिय पुरुष फुटबल टोली साफ च्याम्पियनसिपको तयारीका लागि कतारको दोहामा व्यस्त छन् । साथै राष्ट्रिय फुटबल टोली साफका लागि दोहाबाटै माल्दिभ्स प्रस्थान गर्नेछन् ।
नेपाल यु–२३ टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् ।
बन्द प्रशिक्षणमा बोलाइएका ४८ खेलाडीहरुको नामावलीः
गोलकिपर्सः बिशाल सुनार, अर्पन कार्की, अभिषेक बराल, पुजन होना, अन्जल श्रेष्ठ, सुर्य अधिकारी, बिष्णु केसी, आकाश रानाभाट, रोहित कार्की
डिफेन्डर्सः सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, अशिम भुसाल, रणदिप पौडेल, विश्वास उदास, बिशाल बस्नेत, रोमन लिम्बु, पृथ्वी चौधरी, आदिल हामिद, योगेश गुरुङ, रोशन दोङ, सोनित दाहाल
मिडफिल्डर्सः नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, जय गुरुङ, अशोक थापा मगर, दिपेश गुरुङ, अनिल महर्जन, राजिव लोप्चन, शिशिर लेखी, रुमेश बर्तौला, आकाश बुढा मगर, निरन्जन महर्जन, दिपेश आले मगर, रजत तिवारी, रोशन राना, एरिक बिस्ट
फरवार्डसः मनिष डाँगी, अभिषेक रिजाल, राजेश परियार, दर्शन गुरुङ, प्रिजेन तामाङ, दिनेश हेमजन, रेजिन सुब्बा, बुद्ध बल थामाङ, कैलाश लामिछाने ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि