
काठमाडौं । बंगलादेश विरुद्धको पहिलो अन्तर्राष्टिट्रय मैत्रीपूर्ण फुटबल म्याचमा नेपालले रोमाञ्चक जित हात पारेको छ । दशरथ रंगशालामा बिहीबार सम्पन्न पहिलो खेलमा नेपालले बंगलादेश विरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो ।
खेलमा नेपालले पहिलो हाफ मै गरेको दुई गोल घरेलु टोलीलाई जित दिलाउन प्रर्याप्त बन्यो । नेपालका लागि दुवै गोल सिनियर टिममा डेब्यु गरेका सबिता राना र प्रिती राईको नाममा रह्यो । खेलको १४औं मिनट मै सबिता रानाले बिमला चोधरीको क्रस पासमा हेडद्वारा शुरुवाती गोल गरेकी थिईन ।
त्यस्तै पहिलो हाफ कै २३औं मिनटमा सरु लिम्बुको पासमा प्रिती राईले नेपालका लागि दोस्रो गोल गरिन । जुन गोल घरेलु टोलीका लागि निर्णायक गोल पनि बन्यो । उता बंगलादेशका लागि ८३औं मिनटमा तोहुरा खातुुनले एक गोल फर्काए तापनि पाहुना टोलीको हार टार्न प्रर्याप्त बनेन ।
खेलको प्लेयर अफ द म्याच नेपालकी प्रिती राई घोषित भईन । उनले पुरस्कार वापत नगद २५ हजार हात पारिन । अब नेपाल र बंंगलादेश बीचको दोस्रो मैत्रीपुर्ण आइतबार दशरथ रंगशाला मै हुनेछ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय